NRN
एसीसी महिला एसिया कप : नेपाल र पाकिस्तान भिड्दै

श्रीलंकामा जारी एसीसी महिला एशिया कप २०२४ मा आज (आइतबार) नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल  श्रीलङ्काको  दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयानुसार बेलुका ७ः१५ बजे सुरु हुनेछ । 

प्रतियोगिताको पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले पराजित गरेको थियो । यसअघि भएको पहिलो खेलमा पाकिस्तान भारतसँग सात विकेटले पराजित भएको थियो ।

सन् २०१६ मा भएको एसिया कपमा यी दुई टोलीको भेट भएको थियो । पाकिस्तानले नेपाललाई नौ विकेटले पराजित गरेको थियो । 

नेपाली टोली : सलिना बुढा मगर, जेनिशा विश्वकर्मा(कप्तान),  एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री छन् ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update