NRN
नेपाली कांग्रेसका महामन्त्री थापा भन्छन्, कांग्रेसले कमजोरी हटाएर आफूलाई सुधार्नुपर्छ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रै रहेका कमजोरीहरूको सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

आइतबार ४२ औं बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रीय पुस्तकालय शुभारम्भ कार्यक्रममा थापाले यस्तो बताएका हुन् ।

‘नेपाली काँग्रेसले आफूलाई नयाँ बनाउनका लागि परपर खोज्न जाने होइन । आफैँ भित्र खोज्नुपर्छ । उनले भने, हामीसँगै छ त्यो । हामीभित्रै छ । त्यसैले पठन संस्कृतिलाई फेरि एक पटक नेपाली काँग्रेसभित्र छ, तर अझै यसलाई बढाउनुपर्छ । अझ उज्यालो बनाउनुपर्छ ।' 

कांग्रेसभित्र पठन संस्कृति छ भन्नेकुरा पुस्तकालय उद्घाटन कार्यक्रमले पनि प्रमाणित गर्ने उनले बताए । कांग्रेसले गर्ने बहस आम नागरिकलाई सुचित गर्ने र तथ्यमा आधारित हुनुपर्ने थापाले बताए ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update