NRN
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई रास्वपाको ह्वीप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

सोही निर्णयअनुसार रास्वपाले आफ्ना सांसदलाई प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्विप समेत लगाएको छ ।

बैठकले पार्टीका सांसदहरूलाई विपक्षमा मतदान गर्न ह्वीपसमेत जारी गरेको छ । प्रतिनिधिसभामा उपसभामुखसहित रास्वपाका २१ सांसद छन् ।

शुक्रबार बसेको माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), रास्वपाको संयुक्त बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेका थिए ।

आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री ओलीले विश्वास मत लिने कार्यसूची छ ।

 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update