NRN
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन् । 

आइतबार बसेको प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख कार्यालय गएर प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा रहेका उनले प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएका हुन् । 

यसअघि उनले दुई पटक विश्वासको मत लिनुपरेको थियो । गत २०७९ पुस २५ मा जम्कट्टेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

अब बागमतीमा एमालेको समर्थनमा कांग्रेसका बहादुरसिंह लामा मुख्यमन्त्री बन्दैछन् । कांग्रेसको संसदीय दलको आइतबारको बैठकले लामालाई मुख्यमन्त्रीमा अगाडि सार्ने सर्वसम्मत निर्णय गरेको थियो ।

 

 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update