NRN
एनआरएनलाई प्रधानमन्त्रीको यस्तो आग्रह :  औधोगिक क्षेत्रमा लगानी गर्नुस

- राजन घिमिरे

प्रधानमन्त्री केपी शर्मा ओलीले बग़ैर आबासीय नेपाली संघ ( एनआरएनए ) को प्रतिनिधिमण्डलसंगको भेटमा नेपालको औधोगिक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन । प्रधानमन्त्री ओलीले गैर आबासीय नेपाली संघ स्वतन्त्र संस्था भएकोले यसमा कसैले हस्तक्षेप गर्न नहुने कुरा बताए । भेटमा प्रधानमन्त्री ओलीले नेपाल सरकार सधै प्रबासी नेपालीहरूको साथमा रहेको प्रतिबद्धता पनि ब्यक्त गरे ।

प्रधानमन्त्रीलाई भेट्न संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको नेतृत्वमा एनआरएन अभियन्ताहरू प्रधानमन्त्री निबास बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसंगको भेटमा एनआरएनए अध्यक्ष डा. वद्री केसीले गैर आबासीय नेपालीहरूले नेपालमा बिभिन्न कार्य गर्दा र क्षेत्रमा हात हाल्दा पाउंने गरेको दुख र समस्याका बारेमा प्रधानमन्त्री समक्ष प्रकाश पारेका थिए ।

प्रधानमन्त्रीसंगको भेटमा संघकी उपाध्यक्ष रोजीना प्रधान राई लगायत अतुल कोइराला, हीराधन राई, भूषण घिमिरे, अर्जुन कुमार श्रेष्ठ, बिजन भट्ट, राजु अर्याल, केशब तिमिल्सिना राजेन्द्र पुडासैनी, पर्शु बस्नेत लगायतको उपस्थिति थियो।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update