NRN
बुधबार एकैदिन प्रतितोला एक हजार एक सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा आज (बुधबार)का लागि सुन–चाँदीको मूल्य निर्धारण गरेकाे छ ।निर्धारण गरेकाे मूल्य अनुसार नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ ।

मंगलबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको हो ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार छ सय रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४७ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार सात रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, आज चाँदी प्रतितोला १८ सय पाँच रूपैयाँमा कारोबार भइरहेकाे छ । मंगलबार चाँदी प्रतितोला १७ सय ९० रूपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १५ रूपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २४ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update