त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना, क्याप्टेन शाक्यलाई उद्धार गरेर अस्पताल लगियो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान करिब ११ बजे काठमाडौंबाट पोखरा उडान भर्ने क्रममा धावन मार्गबाट चिप्लिएपछि दुर्घटना भएको हो ।
दुर्घटनाका कारण जहाजमा आगो लागेको छ । ९ एनए एमई कलसाइनको उक्त जहाजमा लागेको आगो अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् । उक्त जहाजमा १९ जना यात्रु सवार थिए । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
यसैबीच जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको विमानस्थल स्रोतले जानकारी दिएको छ । अन्य यात्रुको अवस्था भने अज्ञात रहेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ रहेकाे विमानस्थल कार्यालयले जनाएकाे छ ।
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१ १२:००
प्रतिक्रिया दिनुहोस्