NRN
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले लिए पद तथा गोपनीयताको शपथ

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सपथ लिएका छ्न् ।

प्रदेश प्रमुखको कार्यलयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । मंगलबार प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम कांग्रेसका लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

काङ्ग्रेस संसदीय दलका नेता लामा का‌ंग्रेसबाट बागमती प्रदेशमा पहिलो मुख्यमन्त्री बन्न सफल भए । नुवाकोटबाट प्रदेशसभामा विजयी लामा यस अघि बागमती प्रदेश सरकारका आर्थिक मामिला मन्त्री थिए ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update