NRN
आज पनि घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको अन्तिम दिन अर्थात् शुक्रबारकाे लागि सुन–चाँदीको मूल्य सार्वजनिक गरेकाे छ । सार्वजनिक गरेकाे मूल्य अनुसार नेपाली बजारमा आज पनि सुन–चाँदीको मूल्य घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तुलनामा यस दिन सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँ घटेको हो ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार प्रतितोला १७ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १७ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update