टीआरसी विवाद टुंग्याउन बनेको कार्यदलको बैठक फेरि पनि निष्कर्षविहीन
सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठकले सरोकारवालासँग थप छलफल गर्ने भएको छ । शुक्रबार सिंहदरवारमा बसेको बैठकले सरोकारवालासँग छलफल गरेर सोमबार बस्ने भएको हो ।
कानुन सचिव, आयोगका सचिव, महान्यायाधिवक्ता, कानुन मन्त्री लगायतको सहयोग लिइने कार्यदलको सदस्य जनार्दन शर्माले जानकारी दिए ।
बैठकमा कार्यदल सदस्यहरू नेपाली कांग्रेसबाट गृहमन्त्री लेखक, नेकपा एमालेबाट महेश बर्तौला र नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा थिए ।
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१ १२:४६
प्रतिक्रिया दिनुहोस्