NRN
मौद्रिक नीतिपछि खुलेको सेयर बजारमा आइतबार १ मिनेटमै लाग्यो सर्किट ब्रेक

मौद्रिक नीतिपछि खुलेको सेयर बजारमा आइतबार १ मिनेटमै सर्किट ब्रेक लागेको छ । सेयर बजार परिसूचक नेप्से परिसूचक करिब ४ प्रतिशत (३.९९) प्रतिशतले बढेर २० मिनेटको लागि सर्किट ब्रेक लागेको हो । 

पहिलो सर्किट ब्रेक लाग्दा नेप्से ३.९९ प्रतिशत बढेर २६७०.८२ विन्दुमा पुगेको हो । 

बजार खुलेको एक मिनेटमै सर्किट ब्रेक लागेको हो । १०२.६८ अंकले बजार बढ्दा यतिखेरसम्म २७ करोड २० लाख रूपैयाँको सेयर कारोबार भएको छ ।

बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ । त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ । र, जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ ।

राष्ट्र बैंकले चालु वर्षको लागि ल्याएको मौद्रिक नीतिले संस्थागत लगानीको सीमा हटाएको छ । यसको असर बजारमा देखिएको हो ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update