NRN
सेयर बजार परिसूचक नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक, बजार ४० मिनेटको लागि बन्द

सेयर बजार परिसूचक नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक लागेको छ । पहिलो सर्किट ब्रेक खुल्ने बित्तिकै बजारमा पुनः १ मिनेटमै थप १ प्रतिशत विन्दु अर्थात् ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो । 

यो सँगै अब बजार ४० मिनेटको लागि बन्द हुन्छ । दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १२९ अंक बढेर २६९७ मा कायम भएको छ ।

नेप्से २६९७.२१ विन्दुमा आएको छ । त्यस्तै, ५२ करोड ४९ लाख रूपैयाँको कारोबार भएको छ ।

बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ । त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ । र, जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ ।

राष्ट्र बैंकले चालु वर्षको लागि ल्याएको मौद्रिक नीतिले संस्थागत लगानीको सीमा हटाएको छ ।

 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update