NRN
महानगरविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन भएको छ । काठमाडौंवासीले आइतबार माइतीघर मण्डलामा भेला भएर महानगरविरुद्ध प्रदर्शन गरेका हुन् । 

महानगरले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएर आतंक मच्चाएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

‘डोजर आतंक बन्द गर, महानगरको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास गर्न पाइँदैन, संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकार सुनिश्चित गर,’ जस्ता नारा लेखेको प्लेकार्ड बोकेर काठमाडौंवासी प्रदर्शनमा उत्रिएका हुन् । 
 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update