NRN
नेपाल भ्रमणमा किन आए माल्टाका सुन्दरीहरू…? यस्ता छन कारण….?

- राजन घिमिरे

मिस माल्टा चेरिस स्पीटेरी सोमबार नेपाल भ्रमणमा आइपुगेकी छन् । उनी सोमबार बिहान टर्सिस एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै नेपाल पर्टन बोर्डको अगुवाइमा स्वागत गरियो ।  मिस माल्टासहितको टोली नेपाल भ्रमणमा आउनुले धेरै अर्थ राख्ने एनआरएनएका अभियन्ता तथा माल्टाका लागि नेपालको पर्यटन दूत प्रकाश भण्डारीले जानकारी दिए । उनीहरुको भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने भण्डारीको विश्वास छ ।  

टोलीमा मिस माल्टाका अन्य सदस्यहरु केर्स्टन बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु छन् ।  नेपालमा रहँदा मिस माल्टाको टोलीले विभिन्न गैरसरकारी संस्थाहरुसँग मिलेर सामाजिक कार्य गर्नेछन् । यस्तै उनीहरु मिस नेपालको ग्राण्ड फिनालेमा पनि सहभागी हुने जनाइएको छ । टोलीले चितवनसहितका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्नुका साथै नेपाल चिनाउने डकुमेन्ट्री पनि निर्माण गर्ने टोलीको योजना रहेको  गैरआवासीय नेपाली संघ (एनआरएनए) का उप महासचिव एबं सामाजिक अभियन्ता सोम सापकोटाले जानकारी दिए । 

मिस माल्टामा कोरियोग्राफरका रुपमा नेपाली सुजित बस्यालसमेत कार्यरत छन् । उनीबाटै मिस माल्टाको टीमले नेपालबारे चासो दिएको थियो । टोली नेपाल भ्रमण पूरा गरेर साउन २२ मा स्वदेश फर्किने एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनालले जानकारी दिए |

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update