नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य बढेको छ ।
आइतबार प्रतितोला एक हजार रूपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला चार सय रूपैयाँ बढेको हो ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ५० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतबार चाँदी प्रतितोला एक हजार सात सय ४० रूपैयाँमा कारोबार भएको थियो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।