NRN
साँझ ५ बजेका लागि सर्‍यो संसदीय सुनुवाइ समितिको बैठक

निर्वाचन आयोगको आयुक्तमा नियुक्तिका लागि सिफारिस भएका कृष्णमान प्रधानबारे निर्णय गर्न बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सरेको छ ।

सोमबार बिहान ११:३० बजे बस्ने गरी तय भएको बैठक सोमबार अपराह्न ५ बजेसम्मका लागि स्थगित  गरिएको हो ।

संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले ११ः ३० बजेका लागि तय भएको बैठक आजै साँझ ५ बजे बस्नेगरी सारिएको जानकारी दिए । सिंहदरबारमा हुने भनिएको बैठकका लागि समितिका सदस्य तथा पत्रकार उपस्थित भइसकेका थिए ।

आइएनजिओमा जागिर लगाइदिने प्रलोभनमा पारेर निरन्तर यौन दुर्व्यवहार गरेको भन्दै प्रधानमाथि उजुरी परेको थियो । यसबारे समितिको साउन ९ को बैठकमा सांसदहरूले प्रधानमाथि प्रश्न गर्दा उनले जबाफ नै दिएनन् ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update