NRN
"धर्मगुरु" पुष्कर खतिवडा पक्राउ

सामाजिक सञ्जालमा आफूलाई  ‘धर्मगुरू’ तथा ज्योतिषी भनेर चिनाउँदै आएका पुष्कर खतिवडा पक्राउ परेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरेको आरोपमा पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त महाराजगन्जको टोलीले सोमबार उनलाई उनको निवास धुम्बाराहीस्थित मण्डिखाटारबाट पक्राउ गरेको हो ।

उनले आफ्नो घरमा यज्ञ गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राखेका थिए । उनले प्रधानमन्त्री ओली लगायत नेताहरूको नाममा यमपूजा गर्दै होम हाल्ने तयारीसमेत गरेको आरोप छ । 

चार दिनअगाडि नै नेताहरूको मृत्युको कामना गर्दै एउटा अनुष्ठान आयोजना गर्न लागेको र त्यसमा सबैले साथ दिन भन्दै भिडिओ पोष्ट गरेका थिए ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update