नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको सुनको तुलनामा यसदिन सुन प्रतितोला एक सय रूपैयाँ घटेको हो ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ ।
सोमबार प्रतितोला १७ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १७ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।