NRN
अस्ताए शास्त्रीय संगीतका गुरु कामत

नेपाली संगीत क्षेत्रका सम्मानित व्यक्तित्व तथा शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित शास्त्रीय सङ्गीतका गुरु कामतको ६९ वर्षको उमेरमा निधन भएको हो ।

आज बिहान ७:३० बजे आफ्नै जन्मथलो सिराहाको लक्षम्पीर पतारी गाउँपालिका २ पोखरभिण्डामा निधन भएको छ ।  उपचारका लागि आर्थिक संकट भएपछि कामत एक महिनाअघि मात्र काठमाडौंबाट सिराहा फर्किएका थिए ।

उनले पछिल्ला ४० वर्ष देखि निरन्तर काठमाडौँमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए । उनको २०१२ साउन १७ गते सिराहाको पोखरभिण्डामा जन्म भएको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update