नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुन-चाँदीको मूल्य निर्धारण गरेको छ ।
निर्धारण गरेको मूल्य अनुसार नेपाली बजारमा आज सुनको मूल्य फेरि नयाँ रेकर्ड नजिक पुगेको छ । यसअघि गत साउन २ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार एक सय रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिनको तुलनामा आज प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको हो ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला १७ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला २० रूपैयाँ बढेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।