NRN
अमेरिकी डलरको घट्दा अन्य मुद्रा कतिमा हुँदैछ खरिद–बिक्री ?

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

बुधबार एकको खरिददर १३३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रूपैयाँ २७ पैसा तोकिएको अमेरिकी डलर राष्ट्र बैंकका अनुसार आज एकको खरिददर १३३ रूपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रूपैयाँ २६ पैसा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको १ पैसा घटेको हो ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ ९५ पैसा र बिक्रीमा ८७ रूपैयाँ ३४ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा ९६ रूपैयाँ ६५ पैसा र बिक्रीमा ९७ रूपैयाँ ०८ पैसा पाइन्छ ।

त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७१ रूपैयाँ ७० पैसा र बिक्रीदर १७२ रूपैयाँ ४७ पैसा तोकिएको छ भने आज युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ८३ पैसा र बिक्रीमा १४५ रूपैयाँ ४८ पैसा पाइन्छ । 

कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८१ पैसा पाइन्छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७८ पैसा तोकेको छ ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३९ र बिक्रीमा ३६ रूपैयाँ ५५ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २९ रूपैयाँ ०९ पैसा र बिक्रीमा २९ रूपैयाँ २२ पैसा पाइन्छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३५६ रूपैयाँ १५ पैसा तोकिएको छ बिहीबार कुवेती दिनार एकको खरिदमा ४३७ रूपैयाँ ४३ पैसा र बिक्रीमा ४३९ रूपैयाँ ३९ पैसा पाइन्छ ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update