NRN
आजदेखि हुने काभा महिला भलिबलको पहिलो खेलमा नेपाल र श्रीलंका खेल्दै

काभा महिला नेसन्स लिग भलिबल आजदेखि सुरु हुँदैछ । 

खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा दिउँसो सवा ३ बजेबाट सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा नेपाल र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगितामा नेपाल र श्रीलंकासहित भारत, माल्दिभ्स र इरान सहभागी छन् । 

खेल राउण्ड रोविन लिगका आधारमा हुनेछ । लिगको शीर्ष चारमा रहने टोली सेमिफाइनल खेल्नेछन् ।

फाइनल खेल साउन २२ गते हुनेछ ।

 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update