NRN
को हुन् अष्ट्रेलियाको लागि राजदूतमा सिफारिस कान्ता रिजाल …?

- राजन घिमिरे

नेपाल सरकारले अष्ट्रेलियको लागि नेपाली राजदूतका रूपमा सिफारिस गरेपछी यतिबेला कान्ता रिजाल चर्चामा हुनुहुन्छ । को हुन् कान्ता र यिनको बिगत के कस्तो हो भन्ने कौतुहलता सबैमा जागेको पाईएको छ । तर उनि यो पदका लागि आज मात्र होइन कि पहिलादेखि नै उपयुक्त पात्र भएको कुरा जानकारहरू बताउंछन् । यस अघि पनि इजरायलको राजदूतको पद सफलताका साथ निर्बाह गरि सक्नु भएकी होनहार ब्यक्तित्वको रूपमा हेरिएको छ उहाँलाई ।

रिजाल नेपाली काँग्रेसको केन्द्रीय सदस्य हुनहुन्छ भने उहाँ केन्द्रीय नीति तथा प्रशिक्षण विभागमा सदस्य पनि हुनुहुन्छ । । उहाँ नेपाली कांग्रेसका नेता गणेशप्रसाद रिजालकी छोरी हुनुहुन्छ । रिजाल लामो समयबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुँदै महासमिति सदस्य समेत भैसक्नु भएको छ ।

उहाँ सन् २०२२ मा इजरायलका लागि नेपाली राजदूत हुनु भएको थियो भने उहाँले सन २०१५.देखि २०२२ सम्म नेपाल लोकतन्त्र सुदृढीकरण केन्द्रको महासचिवको रूपमा सेवा गर्नुभएको थियो र काठमाडौंको इकेदा इन्टरनेशनल स्कूलको संस्थापक प्रधानाध्यापकको रूपमा पनि काम गर्नुभएको थियो ।

रिजालले एम्नेस्टी इन्टरनेशनल, संयुक्त राष्ट्रसंघ र यूएनडीपी जस्ता संस्थाहरूसँग विभिन्न भूमिकामा काम गरिसक्नु भएको छ, जसमा लैंगिक विशेषज्ञ र महिला राजनीतिक सशक्तिकरणको संयोजकको रूपमा समावेश छ । उहाँले नेदरल्याण्ड्सबाट महिला र विकासमा स्नातकोत्तर र नेपाल त्रिभुवन विश्वविद्यालयबाट एमबीए गर्नुभएको छ ।

रिजालले धेरै प्रकाशनहरू सम्पादन गर्नुभएको छ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार र कार्यशालाहरूमा सक्रिय सहभागिता जनाउनु भएको छ । उहाँको जन्म पञ्चथरमा भएको हो भने उहाँ नेपाली, अंग्रेजी, हिन्दी र बंगाली भाषा बोल्न सक्नुहुन्छ ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update