NRN
सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल, तोलाको एक लाख ४९ हजार ९ सय रूपैयाँ

साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तुलनामा यस दिन सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँ बढेको हो ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २४ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update