NRN
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् ।

प्रदेश सभाबाट विश्वासको मत लिने विषयको पत्र बुधबार सोडारीले प्रदेशसभा सचिवालय पठाएका थिए । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज अपराह्न ४ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

गत असार २० गते नेकपा एमालेले सोडारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनी अल्मतमा परेका थिए । 

५२ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्दछ । सुदूरपश्चिममा कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्र एक एक सांसद रहेका छन् ।

यसअघि एक मन्त्रीले राजीनामा दिइसकेका छन् । नागरिक उन्मुक्तिबाट भौतिक पूर्वाधार विकासमन्त्री बनेका कैलाश चौधरीले राजीनामा दिएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update