- राजन घिमिरे , सिड्नी
जब जब चाडबाड नजिकिन्छ, तब प्रबासमा आयोजना हुने बिबिध कार्यक्रमहरूमा सहभागिता जनाउंन कलाकारहरूलाई भ्याई नभ्याईको अबस्था सिर्जना हुने गरेको छ । अहिले यस्तै भएको छ चर्चित लोक गायक राजु परियार र गायिका शिला आलेलाई । नेपालसंगै प्रबासमा रहनु हुने नेपालीहरूको पनि अत्याधिक माग र रोज़ाईमा परेका लोक तथा दोहोरी गायक गायिका हुन राजु परियार र शिला आले ।
अब यी दुई हस्ती अष्ट्रेलियाको सिड्नी आउंने भएका छन । तीजको अबसर पारेर यी दुई गायक गायिकालाई सिड्नीको कोज नेस्टमा रहेको ग्यालेक्सी फंसन सेन्टरले सोप्टेम्बर १ तारेखका दिन उतार्ने भएको छ । तीज धमाका २०२४ नामक यो कार्यक्रममा प्रबेश गर्न साँझ पाँच बजेबाटै पाईने भएको छ -‘ राजु परियार र शिला आलेलाई सुन्न र उहांहरूसंग झुम्न अनि रम्न सिड्नी वरीपरी रहनु हुने नेपालीहरूले चाह गर्नु भएपछी हामीले यो निर्णय गरेका हौं -‘ आयोजक मध्येका एक उद्दब भट्टले जानकारी दिए ।
तीज धमाका २०२४ मा राजु र शिलाको अलावा अन्य गीत - संगीतकर्मीहरूको पनि बाक्लो उपस्थिति र प्रस्तुति हुने जानकारी दिइएको छ । मिठा र स्वादिला खाने कुरा खांदै सेप्टेम्बर १ तारेखका दिन ग्यालेक्सी फंसन सेन्टरमा आउंन सिड्नी वरी परि रहनु हुने नेपालीहरूलाई आयोजकले आग्रह समेत गरेको छ -‘ यो कार्यक्रम नामबाट मात्र होइन कि प्रस्तुतिको हिसाबले पनि धमाकेदार बनाउंन हामी लागि परेका छौ ।
यस्ता हस्तीको गीत - संगीतमा रम्न पाईने कार्यक्रम केही नौलो , गजबको र ऐतिहासिक बनाउंनै पर्छ -‘ अर्का आयोजक हरि गिरीले भने । त्यसो त , यो कार्यक्रममा जान स्थानिय नेपालीहरूमा चासो पनि बढेको देखिन्छ -‘ सिड्नीमा धेरै गायक- गायिकाहरूको गित सुनियो। तर साँच्चै लोक गीत - संगीतका यी हस्तीको गीत - संगीतमा झुम्न पाईएको थिएन । यस पटक भने यो रहर पनि पुरा हुने भयो ।
म त परिबार सहित जाने हो -‘ सिड्नीको ग्रयानभिलमा रहेको फ्लेभर्स अफ नेपालमा सन्चालक राजेश केसीले उत्साहित हुंदै बताए । ग्यालेक्सी फंसन सेन्टरको प्रस्तुति रहेको तीज धमाका २०२४ को डायमन्ड स्पोन्सर्डमा स्केलेट होम र इजि फाइनान्स एण्ड मोर्गेज रहेको छ ।
यसैगरी स्पोन्सर्समा म्याग्रयाथ ( योगेश पुडासैनी ) , स्मुथ कन्भेन्सिंग,इ हब,ऐभरेष्ट बुचरी,नम्बर वन पेष्ट कन्ट्रोल,करी मनिटर,डिएनडी कन्भेन्स, सोल ओरिजिन , सक्सेस मोर्गेज,रूबी होम्स ,रियल ड्रिम्स कन्सल्टेन्सी ,अरबान रियल स्टेट, एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस,वीस रियल स्टेट,सेन्टर प्वाईन्ट क्याफे,प्रेस्टीज अडभाईजरी,एक्स्ट्रा टेक,बोण्डिगं रियल स्टेट, आर ए एसोसिएट र फ्लेभर्स अब नेपाल रहेका छन ।
यसै गरी तीज धमाका २०२४ को ट्राभल पार्टनरमा एभरेष्ट टुर्स एण्ड ट्राभल्स र डि लाईट ट्राभल एजेन्सी रहेको छ भने गिफ़्ट ह्याम्पर पार्टनरमा नमस्ते ज्वेलरी अनि आइ टि पार्टनरमा वेभ फ्रेण्ड रहेका छन ।