NRN
काभा वुमन्स भलिबलको उपाधिका लागि आज नेपाल र भारतसँग भिड्दै

काठमाडौँमा जारी काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधिका लागि आज नेपालले भारतसँग खेल्दैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा बुधबार साँझ ५ बजेदेखि शुरु हुनेछ । 

मंगलबार भएको खेलमा इरानमाथि ३-० सेटमा जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो । भारतले मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्दै फाइनलमा पुगेको पुगेको हो । 

यसअघि नेपालले समूह चरणमा भारतमाथि ३-२ को जित निकालेको थियो ।

 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update