घट्यो नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य घटेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।मंगलबार प्रतितोला दुई हजार तीन सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला एक हजार चार सय रूपैयाँ घटेको हो ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार प्रतितोला १७ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १७ सय १० रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १५ रूपैयाँ घटेको हो ।
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१ ११:३२
प्रतिक्रिया दिनुहोस्