NRN
नयाँ रेकर्ड बनाउँदै अमेरिकी डलरको मूल्य, अन्य मुद्रा कति हुँदैछ कारोबार ?

नेपाल राष्ट्र बैंकले बुधबारको लागि विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको दर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।  

राष्ट्र बैंकको अनुसार मंगलबार १३४ रूपैयाँ ४६ पैसा पुगेर नयाँ रेकर्ड बनाएको अमेरिकी डलर बुधबार खरिददर १३४ रूपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६३ पैसा तोकिएको छ । पछिल्लो रेकर्डभन्दा आजको मूल्य १७ पैसा बढी हो ।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७० रूपैयाँ २४ पैसा र बिक्रीदर १७१ रूपैयाँ तोकिएको छ भने बुधबार युरोपियन युरो एकको खरिदमा १४६ रूपैयाँ १९ पैसा र बिक्रीमा १४६ रूपैयाँ ८५ पैसा पाइन्छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ ८७ पैसा र बिक्रीमा ८७ रूपैयाँ २६ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा ९६ रूपैयाँ ८६ पैसा र बिक्रीमा ९७ रूपैयाँ २९ पैसा पाइन्छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७० पैसा र बिक्रीदर ३५ रूपैयाँ ८६ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९२ पैसा पाइन्छ ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६५ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा बुधबार २९ रूपैयाँ ९६ पैसा र बिक्रीमा ३० रूपैयाँ ०९ पैसा पाइन्छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३५७ रूपैयाँ १३ पैसा तोकिएको छ भने बुधबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ ३५ पैसा र बिक्रीमा ४४० रूपैयाँ ३१ पैसा पाइन्छ ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update