NRN
पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

बुधबार बिहान ७ः४० बजेको समयमा पहिरो खस्दा सो सडकहरू दुई तर्फी नै अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । 

सडक खुलाउनका लागि प्रहरी निरीक्षकसहितको टोली पहिरो खसेको ठाउँमा पठाइएको र सडकमा ठूलो पहिरो खसेकाले त्यसलाई पन्छाउन केही समय लाग्ने जनाइएको छ । 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update