NRN
शीर्ष नेतालाई बुझाइयो टीआरसी विधेयकको प्रतिवेदन

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी)मा सहमति जुटाउन गठित सहजीकरण संयन्त्रले सहमति जुटाएर तयार पारेको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाएको छ । 

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रहेका विवादित विषयलाई हल खोज्न गठन गरिएको कार्यदलले बुधबार सिंहदरबारमा तीन दलका शीर्ष नेतालाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई हस्तान्तरण गरिएको हो ।

कार्यदलमा गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा (एमाले) का मुख्यसचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा थिए ।

गत बिहीबार तीन दलका तीन नेता, कानुन समितिका सभापति र कानुनमन्त्रीबीच भएको छलफलमा विवादित सबै विषयमा सहमति जुटेको थियो ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update