NRN
लगातार तेस्रो दिन पनि अमेरिकी डलरको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल

नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको दर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको मूल्य बढ्ने क्रममा रहेको छ । बिहीबार डलर हालसम्मकै महँगो भएको छ ।

राष्ट्र बैंकको अनुसार बिहीबार अमेरिकी डलर एक खरिददर १३४ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६४ पैसा तोकिएको छ । पछिल्लो रेकर्डभन्दा आजको मूल्य १ पैसा बढी हो । यो मूल्य हालसम्मकै उच्च हो ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७० रूपैयाँ ६८ पैसा र बिक्रीदर १७१ रूपैयाँ ४४ पैसा तोकिएको छ भने बिहीबार युरोपियन युरो एकको खरिदमा १४६ रूपैयाँ ३९ पैसा र बिक्रीमा १४७ रूपैयाँ ०५ पैसा पाइन्छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ १० पैसा र बिक्रीमा ८८ रूपैयाँ ४९ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ५३ पैसा र बिक्रीमा ९७ रूपैयाँ ९७ पैसा पाइन्छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७० पैसा र बिक्रीदर ३५ रूपैयाँ ८६ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९२ पैसा पाइन्छ ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २९ रूपैयाँ ८१ पैसा र बिक्रीमा २९ रूपैयाँ ९४ पैसा पाइन्छ ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ १४ पैसा र बिक्रीमा ४४० रूपैयाँ १० पैसा पाइन्छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३५७ रूपैयाँ १७ पैसा तोकिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update