NRN
रौतहटमा ‘प्रहरी हुँ’ भन्दै पैसा असुल्दै हिँड्ने ‘नक्कली प्रहरी’ पक्राउ‍

रौतहटमा सादा पोशाकको प्रहरी हुँ भन्दै रकम असुली गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको माधवनारायण नगरपालिका-१ का २४ वर्षीय रमेश साह रहेका छन् ।

उनलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरको टोलीले चन्द्रनिगाहापुर नगरपालिका-९ डुमरिया चोकबाट मंगलबार राति पक्राउ गरेको हो ।

पक्राउ परेका साहले ‘म नेपाल प्रहरीको सादा पोसाकको प्रहरी हुँ’ भन्दै सर्वसाधरणहरूसँग रकम असुल गर्न खोज्नुका साथै विभिन्न व्यक्तिहरूको जिउ खानतलासीसमेत गर्ने गरेको रौतहट प्रहरीले जानकारी दिएको छ ।

चेकजाँचको क्रममा उनको झोला भित्र सशस्त्र प्रहरी बलको तयारी हालतमा रहेको पोसाक समेत बरामद भएको प्र्रहरीले जनाएको छ ।उनीमाथि अभद्र व्यवहार मुद्दा शिर्षकमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update