NRN
प्रादेशिक अस्पताल कलैयामा  एक्टोपिक गर्भावस्थाको एक्सप्लोरेटरी लेप्रोटोमी अपरेशन

बारा । बाराकोमा पहिलो पटक एक्सप्लोरेटरी लैप्रोटोमी अपरेशन सफल भएको छ । प्रादेशिक अस्पताल कलैयाद्धारा पहिलो पटक एक्टोपिक गर्भावस्थाको एक्सप्लोरेटरी लैप्रोटोमी अपरेशन गर्न सफल भएको हो ।

मेडिकल सुपरिडेन्ट सर्जन डाक्टर सुनिल जैयसवाल, एमडिजीपि डा. कमलेश यादव, एनेस्थेसिया सहायक सन्येन्द्र यादव र स्टाफ नर्स साक्षी गुप्ताको टोलीले कलैयामा पहिलो पटक अपरेशन गर्न सफल भएको हो ।

देवताल गाउँपालिका वडा नम्वर ७ बस्ने वर्ष ३० की शोभा देविको एक्सप्लोरेटरी लैप्रोटोमी अपरेशन गर्न सफल भएको सर्जन मेडिकल सुपरिडेन्ट डा. जैयसवालले बताए । केहि दिन पहिला उनी चेकअप गराउन अस्पताल आउदा शरिर, टाउको, पेट दुख्ने र रिङ्गटा लाग्ने जस्तो समस्यााट पिडित रहेको रिपाेर्ट अाएकाे थियाे । तुरुन्तै मेडिकल टिमले पिडितको एक्सरे, ब्लड टेष्ट गरि अपरेशन गर्न शुरु गरेको उनले बताए ।

एक्सप्लोरेटरी लैप्रोटोमी सर्जरी विशेष गरि पेटको भित्रि भागमा भएको रोग, चोटपटक लागेको, पेट भित्र रक्तश्राव भइरहेको अवस्थामा यो सर्जरी गर्ने गरेको सर्जन डा जैयसवालले बताए । 

डा जैयसवालका अनुसार  एक्टोपिक गर्भावस्थामा गर्भ पाठेघरमा नबसी अन्य अंगमा बसेको हुन्छ। यस्तो अवस्थामा तुरन्त अपरेशन नगरे अत्यधिक रक्तश्राव भइ बिरमिको ज्यान समेत जान सक्छ ।

पीडित शोभाको गर्भ पाठेघरमा नबसी फोलोपियन टयुब ( पाठेघरलाई अंडाशय संग जोडने नली)मा बसेको एमडिजीपि डा. कमलेश यादवले बताए । उनको चेकजाँच गर्दा एक्टोपिक प्रेगनेन्सी पाठेघरमा नरही फोलोपियन टयुबमा रहेको जानकारी गराएका छन् ।

डा. कमलेश यादवको टिमले एक्सप्लोरेटरी लैप्रोटोमी सर्जरीको माध्यमले शोभाको तीन महिनाको गर्भ र पेट भित्र जमेर रहेको एक लिटर पाँच सय ग्राम रगत निकाल्न सफल भएको छ । 

बिरामी महिला सुरक्षित रहेको र केहि दिनमै डिष्चार्ज गर्ने आईसीयू इंचार्ज डा बिकेश पांडेयले बताए । पिडितको ९ वर्ष र ६ वर्षको गरि २ वटा बच्चा रहेका छन् । सर्जन डा जैयसवाल यस अस्पतल्मा आएदेखी जटिल अपरेशन गर्न हौषला मिलेको डा. कमलेशले बताए ।

प्रादेशिक अस्पताल कलैयामा हाड जोर्नी, प्रसूती, अपेंडिक्स हर्नियाको सफल अपरेशन भैसकेकाे छ । पहिलो चोटी एक्सप्लोरेटरी लैप्रोटोमीबाट अपरेशन शुरु गराईएको अध्यक्ष प्रकाश चौगाईले जानकारी गराएका छन् । 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update