NRN
एकैदिन प्रतितोला एक हजार पाँच सय रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको कति ?

नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य यसदिन प्रतितोला एक हजार पाँच सय रूपैयाँ बढेको हो ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार प्रतितोला १६ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १७ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ बढेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update