NRN
प्राधिकरणलाई अनावश्यक कागजपत्र फिर्ता पठाउँदै लेखा समिति

सार्वजनिक लेखा समितिले माग गरेबाहेकका अनावश्यक कागजपत्र पठाएपछि समितिले नेपाल विद्युत प्राधिकरणलाई नै फिर्ता पठाउने भएको छ ।

हिजो प्राधिकरणले कार्यालय समयको अन्तिममा पठाएका कारण चेकजाँच गर्न नपाएको र आज चेकजाँच गर्दा अनावश्यक कागजात भेटिएपछि फिर्ता गर्न लागिएको समितिले जनाएको छ । 

समितिले टिओडी मिटरको विवरण पठाउन प्राधिकरणलाई निर्देशन दिएको थियो। बिहीबार प्राधिकरणले झन्डै एक लाख पेज विभिन्न किसिमका कागजपत्रहरू पठाएको थियो । जसमा टिओडीको विवरण तीन पोका र अरू माग्दै नमागेको काजगात २१ पोका आएको समितिले जनाएको छ ।

गत शुक्रबार बसेको लेखा समिति बैठकले प्राधिकरणसँग टिओडी मिटरको विवरण माग्ने निर्णय गरेको थियो । त्यसपछि सोमबार समितिले पत्राचार गरेर प्राधिकरणलाई तीन दिनभित्र विवरण पठाउन आग्रह गरेको थियो ।

 

 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update