NRN
दशरथ रंगशालाले पुन: पायो अन्तर्राष्ट्रिय मान्यता, एएफसी च्यालेन्ज लिगको खेल हुने पक्का

दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एसियाली फुटबल महासंघ (एएफसी) ले अनुमति दिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले संरक्षण गर्न थालेपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एशियाली फुटबल महासंघले अनुमति दिएको हो ।

यसअघि मापदण्डका पूरा गर्न नसकेको भन्दै एएफसीले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल गर्न अनुमति दिएको थिएन । जसका कारण नेपालले घरेलु मैदानमा खेल्ने तय भएको विश्वकप छनोटका दुई खेल गुमाएको थियो । 

रंशगालाले अन्तर्राष्ट्रिय मान्यता गुमाएसँगै राष्ट्रिय खेलकुद परिषदले रंशगालाको आफ्नै संरक्षण गर्न थालेको थियो । त्यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले रंगशाला संरक्षण गर्ने गरेको थियो ।

विभिन्न प्रश्न उठाउदै एफसीले केही समयदेखि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो ।

एएफसीले रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगितािका लागि अयोग्य भने पछि गत चैत्र महिनाबाट परिषद्ले खेल मैदानको रेखदेख र संरक्षण सुरु गरेको थियो ।

एएफसीका प्रतिनिधिले यही साउन ९ गते दशरथ रंगशालाको निरिक्षण तथा अवलोकन गरि मापदण्ड पूरा भएको प्रतिवेदन दिएको एन्फाले जनाकारी दिएको छ । 

दशरथ रंगशालाको खेलमैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिएसँगै यही साउन २९ गते एएफसी च्याजेन्ज लिग छनोटको प्लेअप अन्तर्गत भुटानको पारो एफसी र  नेपालको चर्चब्वाईज युनाईटेड वीच खेल हुने भएको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि रंगशाला अयोग्य भएको एएफसीले गत चैत्रमा प्रतिवेदन दिए पछि नेपालमा नै २०८० चैत्र ८ गते आयोजना हुनु पर्ने विश्वकप फुटबल अन्तर्गत दोस्रो चरणको नेपाल र बराइबीचचको क्वाईलिफाईङ खेल  वराईनमा भएको थियो भने जेष्ठ २४ गते यूएई संगको खेल साउदीमा भएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update