राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको दर अनुसार अमेरिकी डलरको मूल्य घटेको भने बेलायती पाउण्ड स्टर्लिङको मूल्य बढेको छ ।
शुक्रबार एकको खरिदद १३४ रूपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६५ पैसा कायम गरिएको अमेरिकी डलर आज एकको खरिददर १३४ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६४ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ पैसा घटेको हो ।
यस्तै, शुक्रबार एकको खरिददर १७० रूपैयाँ १७ पैसा र बिक्रीदर १७० रूपैयाँ ९३ पैसा गरिएको पाउण्ड आज एकको खरिदमा १७० रूपैयाँ ८४ पैसा र बिक्रीदर १७१ रूपैयाँ ६१ पैसा पाइन्छ ।
त्यसैगरी, युरोपियन युरो एकको खरिददर आज १४६ रूपैयाँ ३४ पैसा र बिक्रीदर १४६ रूपैयाँ ९९ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १५ पैसा घटेको हो ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८८ रूपैयाँ ११ पैसा र बिक्रीमा ८८ रूपैयाँ ५१ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ५४ पैसा र बिक्रीमा ९७ रूपैयाँ ९७ पैसा पाइन्छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८७ पैसा तोकेको छ । कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९३ पैसा पाइन्छ ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा आइतबार ३० रूपैयाँ ३१ पैसा र बिक्रीमा ३० रूपैयाँ ४४ पैसा पाइन्छ ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४३७ रूपैयाँ ८० पैसा र बिक्रीमा ४३९ रूपैयाँ ७६ पैसा पाइन्छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३५७ रूपैयाँ २० पैसा तोकिएको छ ।