नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।
राष्ट्र बैंकको अनुसार आइतबार एकको खरिददर १३४ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६४ पैसामा कारोबार भएको अमेरिकी डलर सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।
त्यस्तै, आइतबार एकको खरिददर १४६ रूपैयाँ ३४ पैसा र बिक्रीदर १४६ रूपैयाँ ९९ पैसा कायम गरिएको युरोपियन युरोको आज एकको खरिददर १४६ रूपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रूपैयाँ ९८ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ पैसा घटेको हो ।
पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १७१ रूपैयाँ ०८ पैसा र बिक्रीमा १७१ रूपैयाँ ८४ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ १० पैसा र बिक्रीमा ८८ रूपैयाँ ४९ पैसा तोकिएको छ भने सोमबार क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ६२ पैसा र बिक्रीमा ९८ रूपैयाँ ०६ पैसा पाइन्छ ।
कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९२ पैसा पाइन्छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ९० पैसा तोकेको छ ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा सोमबार ३० रूपैयाँ ३१ पैसा र बिक्रीमा ३० रूपैयाँ ४४ पैसा पाइन्छ ।
सोमबार कुवेती दिनार एकको खरिदमा ४३७ रूपैयाँ ८८ पैसा र बिक्रीमा ४३९ रूपैयाँ ८४ पैसा पाइन्छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३५७ रूपैयाँ १४ पैसा तोकिएको छ ।