NRN
सर्‍यो माओवादी स्थायी समिति बैठकको समय

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकको समय सरेको छ । शुक्रबारदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठक सोमबार बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक अब दिउँसो २ बजे बस्नेछ ।

नेताहरूको कार्यव्यस्तताका कारण बैठकको समय सरेको केन्द्रीयका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । 

बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति, विचारको विकास, पार्टी निर्माण लगायतका विषयमा मौखिक प्रस्ताव राखेका थिए । 

उनको प्रस्तावमाथि नेताहरूले चर्को बहस गरेका छन् । खासगरी पार्टीको नीति र नेतृत्वको सम्बन्धमा जनार्दन शर्मा, वर्षमान पुन, राम कार्की लगायत नेताहरूले प्रश्न उठाएको नेताहरूले बताएका छन्  ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update