NRN
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ । सोमबार दिउँसो गृह मन्त्रालयमा उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटवार्तामा उनीहरुबिच आर्थिक तथा विकास सहायता, चालू आयोजनाको तीव्रता, दुई देशबिचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको थियो ।

भारतीय विदेश सचिव मिस्री दुई दिने भ्रमणका क्रममा आइतबार काठमाडौँ आइपुगेका थिए ।

उनले सोमबार नै उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेलसँग भेटवार्ता गरेका थिए ।

विदेश सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँग पनि भेटवार्ता गरिसकेका छन् ।

विदेश सचिव मिस्री सोमबार स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update