NRN
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने तयारी

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने तयारी गरेका छन् । शाहले प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन आग्रह गरेका हुन् । 

शाह एमालेको समर्थनमा गत साउन २० गते मुख्यमन्त्री नियुक्त भएका हुन् ।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने गरी पत्र पठाएको बताउँदै प्रदेश सभा सचिवालयले आवश्यक व्यवस्थापन गरिरहेका जानकारी दिए ।

काँग्रेस-एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका शाहले विश्वासको मत लिइसकेपछि चालु आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेका छन् ।

 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update