साताको अन्तिम दिन अर्थात् शुक्रबार सुनको मूल्य घट्दा बढ्यो चाँदीको मूल्य
साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिनको तुलनामा सुनको मूल्य यसदिन प्रतितोला नौ सय रूपैयाँ घटेको हो ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार प्रतितोला १७ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १७ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१ ११:४०
प्रतिक्रिया दिनुहोस्