NRN
सोलुखुम्बुमा गयो हिम पहिरो

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ मा हिम पहिरो गएको छ । हिमपहिरोका कारण थामे गाउँ प्रभावित भएको बुझिएको छ । हिम ताल फुटेर बाढी आएको आशंका गरिए पनि यकिन भइसकेको छैन । 

दूधकोशी नदीमा आएको बाढीले ४ वटा घर र एउटा होस्टेल बगाएको प्रहरीले जनाएको छ । थामेमा ४० घरको बस्ती भएपनि अहिले सबै घरमा परिवार नरहेको प्रहरीले जनाएको छ । दुधकोशी सोलुखुम्बु र खोटाङबबिच हुँदै बग्छ । त्यस क्षेत्रका नागरिकमा बाढीको त्रास बढेको छ ।

घटनास्थलमा प्रहरी पुगेको र क्षति विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update