NRN
यस्तो छ - जहां पुगे पनि निर्मलाले छोड्न नसकेको सांगितिक  यात्राको कथा…?

- राजन घिमिरे

मनमा चाह , उद्देश्य र लागि पर्ने योजना भयो भने के देश के बिदेश ? जहां पुगे पनि त्यो उद्देश्य पुरा गर्न सकिंदो रहेछ भन्ने कुराको प्रमाण हुन निर्मला घिमिरे ( निरू ) । जिबनको यात्रामा नेपालदेखी रसिया हुंदै हाल अमेरिकामा रहेकी निर्मलाले आफ्नो सांगितिक यात्रालाई सफल बनाउंन प्रबासबाट गरेको मिहेनत , त्याग र लगाब अरूमा लागि पनि पाठ बन्न सक्छ । जहां इच्छा त्यहां उपाय भने जस्तै निर्मलालाई आफ्नो सांगितिक यात्रामा लाग्न न त देश बाधक बन्यो न त परिबार नै । परिबारबाट पनि साथ र सहयोग भरपूर पाएकी निर्मला यो मामिलामा आफ्ना श्रीमान रंग पौडेलको खुलेर तारिफ गर्छिन ।

नेपालको गुल्मीमा जन्मिएकी निर्मलाको बच्चादेखीको चाह थियो गीत गाउंने र यो बिधामा अगाडि बढ्ने । उनको त्यो चाहलाई न समयले छेक्यो न त परिबार नै बाधक बन्यो । अध्यनको क्रममा ग़ुल्मी हुंदा बुटवलबाट काठमाण्डौ छिरेकी उनी स्कूलें जिबनमा नै गायन बिधामा अगाडि बढिसकेकी थिईन । रसियामा रहंदा नेपाली समाज होस या अन्य देशका कार्यक्रमहरू नै किन नहोस , निर्मलाले बिदेशी मन्चमा नेपाली गीत - संगीत प्रस्तुत गर्दा पाएको ताली र स्याबासी सांच्चै गौरब गर्न लायकको छ ।

गीत संगीत प्रस्तुत गर्ने क्रममा मस्कोभन्दा केही टाढा कालुगा भन्ने शहरमा उत्कृष्ट प्रस्तुतिका कारण गर्भनरबाट पुरस्कार हात पारेकी थिईन । गुल्मीमा जन्मिएकी निर्मलालाई समयले यतिबेला भने अमेरिकाको डालस शहर पुर्याएको छ । नेपालबाट रसिया हुंदै अमेरिका पुगेकी निर्मला घिमिरे ( निरू ) को अमेरिकामा पनि गायन बिधा झनै झांगिंदै अगाडि बढिरहेको छ -‘ नेपाली गीत -संगीत त मेरो मुटु हो ।

यसलाई जहां पुगे पनि छोड्न सक्दिन । मलाई मेरो परिबारको साथ मिल्दा झनै उर्जा थपिएको छ -‘ उनले भनेकी छन । यतिबेला अमेरिकाको डालस लगायतका शहरहरूमा नेपाली गीत - संगीत समबन्धि केही कार्यक्रमहरूको आयोजना हुने भयो भने आयोजकको पहिलो रोज़ाईमा पर्ने गर्छिन निर्मला घिमिरे ( निरू ) ।

स्टेज तताउंन सक्ने अनि मिठो आबाज र उत्कृष्ट गित - संगीत प्रस्तुत गर्न सक्ने गजबको क्षमता र दक्षता छ उनमा । हालै अमेरिकाको क्यालफोर्नियामा आयोजना भएको फिल्म फेस्टिबलमा आयोजक प्रकाश थापाको निमन्त्रणामा त्यहां निर्मलाले ‘…..चौबन्धिमा पटुकी बांध्या..’ लगायतका गित गाउंदा ताली र स्याबासीको बर्षा पाएकी थिईन ।

निर्मलाले चर्चित गायक प्रमोद खरेलसंग गाएको ‘…माया मेरी कता गै र ‘…..कहाँ पोखु कहाँ…’ गीतको म्यूज़िक भिडियो बजारमा ल्याई सकेकी छन भने नेपाली गीत - संगीतका हस्तीहरु एम बराल , कालीप्रसाद बांसकोटा,मिलन लामा ,सरिश्मा अमात्य , नरेन्द्र प्यासी र मह जोडी लगायत स्रष्टाहरूसंग स्टेज सेयर गरेर आफ्नो क्षमता , दक्षता र प्रतिभा प्रस्तुत गरिसकेकी छन ।

अब निरू थप केही नयां सृजना लिएर सांगितिक बजारमा आउंने तयारीमा रहेकी छन । आफ्ना श्रीमानको साथ र सहयोगलाई आफ्नो यात्राको सारथी ठान्ने निर्मलाकी छोरी पनि यतिबेला नेपाली गीत संगीतप्रती लागि परेकी छन । स्थानिय आयोजकहरूले आयोजना गर्ने बिभिन्न नेपाली वा बिदेशी कार्यक्रमहरूमा छोरीको प्रस्तुतिले स्याबासी पाउंदा निर्मला र उनको परिबार दंग हुने गरेको छ ।

यसरी सांगितिक माहौलमा अगाडि बढिरहेको यो परिबारले प्रबासमा पुगेर पनि नेपाली गीत संगीतमा दिएको योगदान अनि निरन्तरताको जति बखान र प्रशंसा जति गरे पनि कमै हुन्छ ।

    

 

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update