राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ ।
शुक्रबार डलर एकको खरिदद १३४ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६२ पैसा कायम गरिएको अमेरिकी डलर आज एकको खरिददर १३४ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६१ पैसा पाइन्छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ पैसा घटेको हो ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८८ रूपैयाँ ८४ पैसा र बिक्रीमा ८९ रूपैयाँ २४ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ५९ पैसा र बिक्रीमा ९८ रूपैयाँ ०२ पैसा पाइन्छ ।
त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ भने अघिल्लो दिनको तुलनामा बढेको छ ।
शुक्रबार पाउण्ड एकको खरिददर १७२ रूपैयाँ ३४ पैसा र बिक्रीदर १७३ रूपैयाँ ११ पैसा गरिएको पाउण्ड आज एकको खरिदमा १७२ रूपैयाँ ९२ पैसा र बिक्रीदर १७३ रूपैयाँ ६९ पैसा तोकिएको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर आज १४७ रूपैयाँ २८ पैसा र बिक्रीदर १४७ रूपैयाँ ९४ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३० पैसा घटेको हो ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८७ पैसा तोकेको छ । कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९१ पैसा पाइन्छ ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६५ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा आइतबार ३० रूपैयाँ २४ पैसा र बिक्रीमा ३० रूपैयाँ ३८ पैसा पाइन्छ ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ५३ पैसा र बिक्रीदर ३५७ रूपैयाँ १३ पैसा तोकिएको छ । आइतबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ १४ पैसा र बिक्रीमा ४४० रूपैयाँ १० पैसा पाइन्छ ।