NRN
साफ यू-२० च्याम्पियनसिपको उद्घाटन खेलमा श्रीलंकासँग खेल्दै नेपाल

साफ यू-२० च्याम्पियनसिप फुटबल आजदेखि सुरू हुँदैछ । आज अपराह्न चार बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरू हुने प्रतियोगितको उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दैछन्।

प्रतियोगितामा सहभागी टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका छन् । समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।

प्रतियोगिताका समूह चरणका ६ खेल, सेमिफाइनलका २ खेल र फाइनल गरी कुल ९ खेल हुनेछन् ।

नेपालले दोस्रो खेलमा भदौ ६ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको पहिलो सेमिफाइनल भदौ ९ गते र दोस्रो सेमिफाइनल भदौ १० गते हुने छ । फाइनल भने भदौ १२ गते हुने तालिका छ ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update