NRN
बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त, शपथ ग्रहण भदौ ५ गते हुने

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको सिफारिसमा दोलखाको तामाकोशी गाउँपालिका-३ निवासी काफ्लेलाई आइतबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । 

नवनियुक्त मुख्य न्यायाधिवक्ताको शपथ ग्रहण भदौ ५ गते हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडाले जनाएको छ । प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम काफ्लेलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् । 

नेपाल बार एशोसिएसनको सदस्य रहेका काफ्ले नेपाल बार एशोसिएसन र काठमाडौं जिल्ला बारका विभिन्न समितिमा संलग्न भई काम गरेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update