NRN
तिपेनीमा सुख्खा पहिरोले थुनियो इन्द्रावती

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका-७ तिपेनी बजारस्थित पाँचपोखरी प्राथमिक अस्पताल नजिकै आएको सुख्खा पहिरोका कारण इन्द्रावती नदीको केही भाग थुनिएको छ । 

आइतबार रातिदेखि परेका अविरल वर्षाका कारण सो क्षेत्रमा सुख्का पहिरो गएका कारण इन्द्रावती नदीको केही भाग थुनिएको प्रहरीले जनाएको छ ।

घटना स्थलमा अहिले जनप्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले घटनास्थलको निरीक्षण गरिरहेका छन्। पहिरोको उच्च जोखिममा रहेको अस्पतालको सामग्री सार्ने तयारी गरेको गाउँपालिकाले जनाएको छ ।

पहिरोका कारण थुनिएको  इन्द्रावती नदी एक्कासि खोलिएमा बाढी आउन सक्ने हुँदा पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं.७, ८ तथा मेलम्ची नगरपालिका वडा नं. ७, ९, ११, १२, १३ र इन्द्रावती गाउँपालिका १०, ११ र १२ लगायतका तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउनको लागि जिल्ला प्रशासन कार्यालयले सूचना जारी  गरेको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update