राष्ट्र बैंकले मंगलबारको लागि विदेशि मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको दर अनुसार मंगलबार अमेरिकी, क्यानेडियन डलर र पाउण्ड स्टर्लिङको मूल्य घटेको छ ।
सोमबार डलर एकको खरिददर १३४ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६१ पैसा तोकिएको अमेरिकी डलर राष्ट्र बैंकको अनुसार आज एकको खरिददर १३३ रूपैयाँ ९० पैसा र बिक्रीदर १३४ रूपैयाँ ५० पैसा पाइन्छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ११ पैसा घटेको हो ।
त्यस्तै, सोमबार १७३ रूपैयाँ ४८ पैसा र बिक्रीमा १७४ रूपैयाँ २५ पैसा तोकिएको पाउण्ड स्टर्लिङ आज एकको खरिदमा १७३ रूपैयाँ ३५ पैसा र बिक्रीमा १७४ रूपैयाँ १३ पैसा पाइन्छ ।
त्यसैगरी, आज युरोपियन युरो एकको खरिदमा १४७ रूपैयाँ ७७ पैसा र बिक्रीमा १४८ रूपैयाँ ४३ पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा भने ८९ रूपैयाँ ६४ पैसा र बिक्रीमा ९० रूपैयाँ ०४ पैसा पाइन्छ ।
त्यस्तै, क्यानेडियन डलर एकको खरिददर आज ९७ रूपैयाँ ८६ पैसा र बिक्रीदर ९८ रूपैयाँ ३० पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १० पैसा घटेको हो ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६८ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८४ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८८ पैसा पाइन्छ ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ २९ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ८९ पैसा तोकिएको छ भने कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ ०४ पैसा र बिक्रीमा ४४० रूपैयाँ पाइन्छ ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६२ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा मंगलबार ३० रूपैयाँ ५६ पैसा र बिक्रीमा ३० रूपैयाँ ७० पैसा पाइन्छ ।